मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कालीगण्डकीको बाढी: विपद् कि मानवीय लापरबाही ?

corporatenepal.com · Wed Oct 28 05:49:47 GMT 2026

म्याग्दी । असोज दोस्रो साताको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको भीषण बाढी र पहिरोले म्याग्दीसहित पर्वत, बागलुङ र मुस्ताङको जनजीवन अस्तव्यस्त बनायो । नदी किनारका बस्ती, सडक, पुल, विद्युत् आयोजना र खेतीयोग्य जमिनमा ठूलो क्षति पुग्यो । कतिपय बस्ती उजाडिए भने सयौँ परिवार विस्थापित भए । वर्षौँ लगाएर निर्माण गरिएका पूर्वाधार क्षणभरमै क्षतविक्षत बने ।

यो विपत्ति प्राकृतिक घटनाको परिणाम मात्र थियो कि प्रकृतिमाथिको मानवीय हस्तक्षेप र लापरबाहीले क्षति थप बढायो ? कालीगण्डकीको बाढीपछि यो प्रश्न गम्भीर रूपमा उठेको छ । भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका प्रमुख शम्भुकुमार मिश्रका अनुसार अत्यधिक वर्षासँगै अव्यवस्थित सडक निर्माण, भलपानीको उचित निकास नहुनु, जलविद्युत् आयोजनाबाट निस्कने ढुङ्गामाटोको असुरक्षित व्यवस्थापन र नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन पनि बाढीपहिरोका जोखिम बढाउने मानवीय कारण हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)