मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

इलाममा गोदावरी महोत्सव हुने

gorkhapatraonline.com · Wed Oct 28 06:00:31 GMT 2026

फूलहरुको चाड तिहार आउन लाग्दा इलाममा गोदावरी फूलको महोत्सव आयोजना हुने भएको छ । कात्तिक १८ देखि २१ गतेसम्म इलाम सदरमुकाममा ‘प्रथम गोदावरी प्रदर्शनी मेला’ आयोजना गर्न लागिएको हो ।

पछिल्लो समय व्यावसायिक रुपमा फूल खेती हुनथालेपछि पm्लोरिकल्चर एशोसिएशन इलामले गोदावरी प्रदर्शन तथा महोत्सव गर्न लागेको हो । विगत १५ वर्ष यता पुुष्प व्यवसाय गर्दै आउनुुभएकी इलामको भ्युुटावर फूल नर्सरीकी सञ्चालक बुद्धमाया सोङ्मीले इलाममा आयोजना गर्न लागिएको गोदावरी प्रदर्शनीले पुुष्प व्यवसायको भविष्यका लागि राम्रो संकेत गर्ने बताउनुुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)