मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापामा सवारी दुर्घटनाको ‘ग्राफ’ बढ्दो

reportersnepal.com · Wed Oct 28 06:04:51 GMT 2026

भद्रपुर (झापा), ११ कात्तिक । झापामा गत भदौको तुलनामा असोज महिनामा सवारी दुर्घटनाको ग्राफ उल्लेख्य रूपमा बढेको छ । असोजमा भएका १५५ वटा सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने २४७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कअनुसार भदौमा ८८ सवारी दुर्घटना भएकामा असोजमा १५५ पुगेको हो । एक महिनाको अवधिमा दुर्घटनाको सङ्ख्या ६७ ले बढेको छ । भदौमा चार जनाको मृत्यु भएकामा असोजमा १३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, भदौमा १३५ जना घाइते भएकामा असोजमा यो सङ्ख्या बढेर २४७ पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)