तारको जञ्जालबाट मुक्त हुँदै पोखरा !
lokaantar.com

पोलैपिच्छे गुजुल्टिएका त कतै लत्रेका तार । सडक किनारका अव्यवस्थित र जीर्ण पोल । एकातिर दुर्घटनाको जोखिम, अर्कातिर सहरी सौन्दर्यमा आँच । केही समयअघिसम्म पोखराको मुख्य राजमार्ग र छेउछाउका बस्तीमा आँखा बिझाउने दृश्य थिए यी । तर अहिले पोखराका केही ठाउँको अवस्था फेरिएको छ ।
अस्तव्यस्त बिजुलीका पोल र तार हटाइएपछि सडक खुला देखिएको छ । शहरको सौन्दर्य पनि फर्केको छ । लत्रेका र गुजुमुज्ज तारको चेपबाट हिमाल चिहाउनुपर्ने बाध्यता हटेको छ । बिजुलीको तारसँगै टेलिफोन, केबल र इन्टरनेटका तारको व्यवस्थापन पनि सँगै अघि बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)