धानखेत बगरमा परिणत
ratopati.com · Wed Oct 28 06:26:20 GMT 2026

रसुवा । उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो ।
त्रिशूली नदी किनारमा रहेका उपल्लो पैरेबेँसी, तल्लो पैरेबेँसी, खाल्टे, नौबिसे, कैदलेटार र बेत्रावतीलगायतका अति उर्वर खेतीयोग्य फाँटहरू बाढीसँगै आएको बालुवा र ढुङ्गाले ढाकिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)