तामिल फिल्मका दिग्गज निर्देशक भारतीराजाको निधन
ratopati.com · Wed Jun 10 11:02:24 GMT 2026

मुम्बई । तामिल चलचित्र जगतका दिग्गज निर्देशक भारतीराजाको निधन भएको छ । उनको ८४ वर्षको उमेरमा बुधबार चेन्नईमा निधन भएको छ। बलिउड मिडियाका अनुसार उनको निधन उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण भएको हो ।
फिल्ममा पुर्याएको विशिष्ट योगदानका लागि उनलाई भारत सरकार ले सन् २००४ मा प्रतिष्ठित ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित गरेको थियो । आफ्नो जीवनकालमा उनले ६ पटक राष्ट्रिय चलचित्र पुरस्कार, ४ पटक साउथ फिल्मफेयर पुरस्कार, ६ पटक तमिलनाडु राज्य चलचित्र पुरस्कार र एक पटक नन्दी पुरस्कार प्राप्त गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)