मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णालीका जिल्लामा नियमित उडानका लागि संघीय सरकारसँग छलफल गर्दै मुख्यमन्त्री

nepalsamaya.com · Wed Oct 28 06:32:00 GMT 2026

सुर्खेत- कर्णाली प्रदेश सरकारले हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्न संघीय सरकारसँग समन्वय अघि बढाएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा हवाई सेवा सहुलियतका लागि ६० लाख रुपैयाँ विनियोजन गरे पनि कार्यविधि स्वीकृत नहुँदा सेवा सञ्चालनको प्रक्रिया अघि बढ्न सकेको छैन।

मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार बिहान ११ बजे संघीय सरकारका विभिन्न निकायसँग हिमाली जिल्लामा हवाई सेवा सञ्चालनका विषयमा छलफल गर्ने कार्यक्रम छ। छलफलमा नियमित उडान सञ्चालन, हवाई सेवामा सहुलियत र विगतमा बन्द भएका उडान पुनः सञ्चालन गर्ने विषयमा कुराकानी हुने अपेक्षा गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)