सामुदायिक वनमा रुद्राक्षदेखि एभोकाडोसम्मका बिरुवा
nepalnews.com · Wed Oct 28 06:40:19 GMT 2026

तनहुँ। जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका बिरुवा रोपण गरिएको छ। कृषि वन प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले सामुदायिक वनको खाली तथा उपयुक्त क्षेत्रमा वृक्षरोपण गर्नुका साथै अन्य सामुदायिक वन र निजी जग्गामा रोपण गर्न मागअनुसार बिरुवा वितरण गरेको हो।
डिभिजन वन कार्यालय, तनहुँका प्रमुख मनोज रानाभाटका अनुसार कृषि वन प्रणाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न सामुदायिक वनमा रुद्राक्ष, आँप, लिची, एभोकाडो, कटहर, चाँप, तेजपातलगायत प्रजातिका बिरुवा रोपिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)