माओत्सेतुङलाई ‘तानाशाह’ भनेपछि एम्बाप्पेविरुद्ध चीनमा कडा आक्रोश, प्रायोजकहरूले गरे सम्झौता रद्द
clickmandu.com · Wed Oct 28 06:45:02 GMT 2026

एजेन्सी । चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक नेता माओत्सेतुङलाई ‘तानाशाह’ भनी टिप्पणी गरेपछि फ्रान्सेली फुटबल स्टार किलियन एम्बाप्पे चीनमा गम्भीर विवाद र बहिष्कारको सामना गरिरहेका छन् । यस अभिव्यक्तिको चर्को विरोध भएपछि चिनियाँ बहुराष्ट्रिय कम्पनीहरूले उनीसँगको प्रायोजन सम्झौता तोडेका छन् भने सरकारी टेलिभिजनले स्पेनिस लिग ला लिगाको खेल प्रसारणसमेत रोकिदिएको छ ।
फ्रान्सेली कार्यक्रम ‘द ब्रिज’ को एक भिडियो क्लिप सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यो विवाद सुरु भएको हो । उक्त भिडियोमा एम्बाप्पेले आफूमाथि बनेको एउटा इन्टरनेट मिमको चर्चा गर्दै माओको शरीरमा आफ्नो अनुहार जोडिएको तस्बिरलाई ‘कुनै चिनियाँ तानाशाह’ भनी सम्बोधन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)