गणेश नेपालीलाई शहीद घोषणा गर्ने सरकारको तयारी, नाैँबुदे सहमतिमा अरु के छ ?
shilapatra.com · Sun Jul 12 12:45:38 GMT 2026

काठमाडाैंमा आत्मदाह गरेका मुगुका २५ वर्षीय युवक गणेश नेपालीलाई सरकारले शहीद घोषणा गर्ने तयारी गरेको छ । मृतक परिवारकाे मागबमोजिम शहीद घोषणाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनेबारे सरकारले सहमति गरेको हो ।
नेपाली परिवार र सरकारबीच भएको सहमतिको दोस्राे बुँदामा गणेशलाई शहीद घोषणाका लागि निर्णय प्रकिया अगाडि बढाउनेबारे उल्लेख छ । जहाँ लेखिएको छ, 'मृतक गणेश नेपालीलाई शहीद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानुन, विगतको अभ्यास तथा गठन हुने छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढाउने ।'
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)