रातो ल्यान्डक्रुजरदेखि ६ रोपनी जग्गासम्म रोक्का : इच्छाराजको 'इच्छा'माथि यसरी अदालतले लगायो ब्रेक
pahilopost.com · Mon Jan 03 01:06:20 GMT 2022
काठमाडौं : जिल्ला अदालत काठमाडौंले ठगी तथा सङ्गठित अपराध कसुरमा पूर्व सभासद तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको सम्पत्ति रोक्का गर्न आदेश दिएको छ। सरकारी वकिल कार्यालय काठमाडौंको माग बमोजिम गत बुधवार जिल्ला अदालतले माग गरेबमोजिमको घरजग्गा रोक्का गर्न आदेश दिएको हो।
लामो समयको पुर्पक्षपछि न्यायाधीश राजकुमार कोइरालाको इजलासले तामाङ र अर्का प्रतिवादी केशवलाल श्रेष्ठलाई पनि अदालतले थुनामा राख्न आदेश दिएको छ। श्रेष्ठ सिभिल सहकारीका अध्यक्ष हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)