चाडपर्वमा पनि व्यापार नभएपछि न्यूरोडका व्यवसायी चिन्तित [भिडियो]
hamrakura.com · Wed Oct 28 00:00:00 GMT 2026

काठमाडौँ। वर्षभरिको कारोबार मिलाउने मुख्य अवसरका रूपमा लिइने दशैँ–तिहारको समयमा समेत व्यापार नभएपछि काठमाडौँको न्यूरोडका व्यवसायीहरू गम्भीर आर्थिक दबाबमा परेका छन्।
कोरोना महामारी, भूकम्प, नाकाबन्दी र हालैको भोटेकोशी बाढीजस्ता विभिन्न घटनाका कारण निरन्तर खस्किँदै गएको व्यापारले यस वर्ष पनि गति लिन नसकेको व्यापारीहरूले गुनासो गरेका छन्। विगतमा चाडपर्वको एक–डेढ महिनाको व्यापारबाट छ महिनासम्मको आर्थिक व्ययभार (बैंकको ब्याज, घरभाडा, कर्मचारीको तलब र उधारो कारोबार) धान्ने गरेकामा यसपालि सो अवसर गुमेको न्यूरोडका व्यापारी रविन्द्रकुमार बोहोराले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)