अन्नपूर्णको किम्रुङखोलामा बाढी
barnanmedia.com · Sun Jul 12 12:43:12 GMT 2026

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा बाढी आउँदा खोला किनारका बस्तीमा जोखिम बढेको छ । किम्रुङ भन्ने ठाउँमा पहिरो खस्दा खोला थुनिएर तल्लो तटीय क्षेत्रमा बाढी आएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडा नं ८ स्याउली बजारमा रहेका केही भौतिक संरचनामा क्षति पुगेको छ । “मानवीय क्षति भने भएको छैन, तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न सूचीत गरेका छौँ”, उहाँले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)