बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
barnanmedia.com · Sun Jul 12 12:40:41 GMT 2026

यहाँस्थित ऐतिहासिक सम्पदा लमजुङ दरबारको पुनर्निर्माण बजेट नियमित उपलब्ध हुन नसक्दा लम्बिएको छ । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरिएको पुनर्निर्माण बजेट अभावका कारण तोकिएको समयमा पूरा हुन सकेको छैन ।
बेँसीसहर नगरपालिका-३ गाउँसहरस्थित समुद्री सतहबाट एक हजार ४४५ मिटर उचाइमा रहेको लमजुङ दरबारको पुनर्निर्माण पुरातत्व विभागमार्फत भइरहेको हो । आर्थिक वर्ष २०७९/८० देखि सुरु भएको कामका लागि विभिन्न आर्थिक वर्षमा बजेट विनियोजन हुँदै आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)