आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
ratopati.com · Tue Apr 29 19:14:00 GMT 2025
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स हारेको छ । आईपीएलको ४८ औं खेलमा मंगलबार राती दिल्ली कोलकाता नाइट राइडर्ससँग १४ रनले हारेको हो । दिल्लीको यो लगातार दोस्रो हार हो ।
कोलकाताले भने तालिकामा सुधार गरेको छ । उसले १० खेलबाट नौ अंक पुर्याएको छ । यसअघि रोयल्स च्यालेन्जर्स बैंग्लुरुसँग हार व्यहोरेको दिल्ली १० खेलबाट १२ अंकसहित चौथो स्थानमा छ । समान १२–१२ अंक भएका मुम्बई इन्डियन्स र गुजरात टाइटन्स रनरेटका आधारमा दिल्लीभन्दा माथि छन् भने १० खेलबाट १४ अंक जोडेको बैंग्लुरु शीर्ष स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)