हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई पर्यटन विभागको आग्रह
bishowkhabar.com · Wed Oct 28 07:06:52 GMT 2026

काठमाडौं – देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम बढ्ने पूर्वानुमानपछि पर्यटन विभागले पर्यटक तथा पर्वतारोहीलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरेको छ ।
विभागका अनुसार कात्तिक ११ देखि १५ गतेसम्म मेघगर्जन, चट्याङ र हुरीबताससहित भारी वर्षा हुनसक्ने सम्भावना छ । नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिनलाई उद्धृत गर्दै विभागले वर्षाका कारण बाढी, पहिरो र भूक्षयको जोखिम बढ्नुका साथै हिमाली क्षेत्रमा हिमआँधी तथा हिमपहिरो जान सक्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)