दुर्घटनामा ज्यान गुमाए अलराउन्डर साइमन्ड्सले
thahakhabar.com
शनिबार सडक दुर्घटनामा परेका अस्ट्रेलियाका लिजेन्ड पूर्व अलराउन्डर एन्ड्रयू साइमन्ड्सले ज्यान गुमाएका छन्। समाचार एजेन्सीहरूका अनुसार शनिबार राति करिब १०ः३० मा टाउन्सविलेमा भएको कार दुर्घटनामा उनी गम्भिर घाइते बने। लगत्तै उनलाई अस्पताल पुर्याए पनि डाक्टरले बचाउन सकेनन्। क्विन्सल्यान्ड पुलिसका अनुसार शहरबाट करिब ५० किलोमिटर पश्चिममा तीव्र गतिमा रहेको साइमन्ड्सको कार सडकमा पल्टिएको थियो।
पुलिसका अनुसार दुर्घटना एलिस रिवर ब्रिजनजिक भएको थियो। कारमा साइमन्ड्स एक्लै रहेको जनाइएको छ। उनलाई गम्भिर चोट लागेको थियो। उनलाई अस्पताल पुर्याए पनि डाक्टरले उनलाई बचाउन असफल भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)