पोखरामा किन बढ्दैछ सवारी दुर्घटना ?
lokaantar.com · Wed Dec 27 17:15:11 GMT 2023
दुई साताको अन्तरमा पोखरामा चार जनाले सडक दुर्घटनामा ज्यान गुमाए । सोमबार मध्यरातमा कारको ठक्करबाट पोखरा महानगरपालिका–५ प्रस्याङमा दुई युवकको मत्यु भयो । त्यसअघि गत मङ्सिर २४ मा पोखरा–२६ सुन्दरी बजारमा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई युवतीले ज्यान गुमाउनुपर्यो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक भानु शर्माका अनुसार पोखरा–बागलुङ राजमार्गको जिरो किमीदेखि हरिचोक खण्डमा मात्र गत साउनयता भएका सवारी दुर्घटनामा छ जनाले ज्यान गुमाएका छन् । यी प्रतिनिधि घटनाले पोखरामा बढ्दो सवारी दुर्घटनाको अवस्थालाई देखाउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)