मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापामा हवाई फायर गरेर दुई जना लागुऔषध कारोबारी पक्राउ

ratopati.com · Wed Oct 28 07:24:20 GMT 2026

काठमाडौँ । प्रहरीले झापाबाट दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । भारतबाट लागुऔषध खैरो हेरोइन लिएर आउँदै गरेको कारोबारीहरूलाई पक्राउ गर्न दुई राउन्ड हवाई फायर गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले रातोपाटीलाई बताए ।

ब्युरोको काकरभिट्टा शाखाबाट खटिएको टोलीले झापा गाउँपालिका–१ स्थित तालमाराबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूबाट प्रहरीले करिब १५० ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)