बजेट पास भएपछि पनि जमुवाटोल-ठाडी सडक अधुरै, स्थानीय आक्रोशित
nepalpress.com · Sun Jul 12 13:31:40 GMT 2026

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका-४ स्थित जमुवाटोल गाउँ पछिवारी टाेल-ठाडी सडकको मर्मत तथा ग्राभेलका लागि विनियोजित १० लाख रुपैयाँको बजेट स्वीकृत भइसके पनि निर्माण कार्य पूरा नभएको भन्दै स्थानीयवासीले असन्तुष्टि जनाएका छन्।
स्थानीयका अनुसार असार २५ गते बजेट स्वीकृत भए पनि सडकमा ग्राभेल बिछ्याउने काम सम्पन्न भएको छैन। सडक छिलेर मात्र छाडिएकाले वर्षा सुरु भएसँगै सडक हिलाम्मे बनेको छ। यसले दैनिक आवतजावत गर्ने सर्वसाधारण, विद्यार्थी, किसान तथा बिरामीलाई समस्या भएको उनीहरूको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)