‘प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा क्षेत्रको अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छ’: शिशिर खनाल, परराष्ट्र मन्त्री
kalakarmi.com · Wed Jun 10 11:11:53 GMT 2026

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा प्रधानमन्त्री वालेन्द्र शाहले उल्लेख गरेको विषय मूलतः दशगजा क्षेत्रको अतिक्रमण र ‘क्रस बोर्डर अकुपेशन’ (सीमापार भू–उपयोग) सँग सम्बन्धित रहेको स्पष्ट पारेका छन् । बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खनालले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर उठेका जिज्ञासाबारे स्पष्टीकरण दिँदै उनले यस्तो बताएका हुन् ।
उनको भनाइ छ– ‘सम्माननीय प्रनमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छन् । नेपाल–भारत सीमा निर्धारण गर्दा नदी सीमाना क्षेत्रमा ‘फिक्स बाउन्ड्री प्रिन्सिपल’ अवलम्बन गरिएकोले सीमापार भू–उपयोगको अवस्था देखिएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)