भीष्मराज आङ्देम्बे बोल्दै गर्दा रास्वपा सांसदका हाउभाउ, हेर्नुहोस् तस्बिरहरू
setopati.com · Wed Jun 10 11:10:27 GMT 2026

नेपाली कांग्रेसका संसदीय दल नेता भीष्मराज आङ्देम्बेले बुधबार प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसदहरूको मुखमा सत्ताको टेप टाँसिएको टिप्पणी गरेका छन्।
प्रधानमन्त्री बालेन शाहले संसदको रोस्ट्रममा उभिएर देशको सीमाबारे आपत्तिजनक अभिव्यक्ति दिँदा पनि सत्तारूढ शीर्ष नेताहरू र रास्वपाका सांसदहरू नबोलेकोमा उनले यस्तो टिप्पणी गरेका हुन्।
उनले प्रधानमन्त्रीले बोलेकै कुरामा मात्र अलमलिएर संसदको अमूल्य समय खेर फाल्न हुन्न भनेर जिम्मेवारीबोध गर्ने काम गरिएको पनि बताएका छन्।
'नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति थियो, यसलाई जतिसुकै रफू र विशेषण शब्द थपे पनि दुनियाँले सुनेको र उहाँले भनेको यही हो,' उनले भने, 'त्यो अभिव्यक्ति आपत्तिजनक थियो।'
आङ्देम्बेले बुधबार संसद बैठकमा आफ्नो मन्तव्य राख्दै गर्दा रास्वपा सांसदहरूले यसरी प्रतिक्रिया जनाएका थिए —
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
बालेन शाह