४ वटै जहाजका सी-चेक गर्नु नपर्दा वायुसेवा निगमको व्यापारमा उछाल, साढे २ अर्बले बढ्यो आम्दानी
clickmandu.com · Wed Jun 10 11:14:19 GMT 2026

निगमका ४ वटै अन्तर्राष्ट्रिय उडानका जहाजले नियमित उडान गरिरहेका र यो वर्ष ‘सेड्युल्ड मेन्टेनेन्स’मा जानु नपरेका कारण यात्रुसँगै व्यापारसमेत बढेको देखिएको छ । यो वर्ष निगममा नेतृत्व अभाव भए पनि जहाजमा कुनै प्राविधिक समस्या नभएकाले निगमको अतिरिक्त मेहनत गरेन । तर पनि नियमित उडानबाटै पछिल्लो १० महिनमा ५ लाख यात्रु उडाउन साढे १४ अर्बभन्दा बढीको व्यापार गरेको छ ।
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको आम्दानी पछिल्लो १० महिनामा उल्लेख्य वृद्धि भएको छ । निगमले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिना (साउन–वैशाख) सम्ममा १४ अर्ब ६९ करोड रुपैयाँ कमाएको छ । निगमले यात्रुलाई बिक्री गरेको हवाई टिकट तथा कार्गो सेवाबाट गरेको यस्तो आम्दानी गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा २४.९१ प्रतिशतले बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ