मन्त्रीको प्रतिबद्धता : गण्डकीमा आगामी असोजसम्म ८० प्रतिशत नागरिकलाई खोप लगाउँछौं
nayapatrikadaily.com · Wed Aug 11 00:47:00 GMT 2021
गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमायाँ अधिकारी गुरुङले आगामी असोजसम्म गण्डकीका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने प्रतिबद्धता जनाएकी छन् ।
प्रदेश संगठन नेपाल बागलुङ शाखाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले आउँदो असोजसम्म १८ वर्ष माथिका ८० प्रतिशत नागरिकलाई खोप लगाउन सकिने बताएकी हुन् । उनले संघीय सरकारबाट खोप उपलब्ध हुने र प्रदेश सरकारले व्यवस्थापन गरेर सवै जिल्लाका नागरिकलाई खोप पुर्याउने बताइन् । मन्त्री अधिकारीले खोपलाई उमेर समुहका आधारमा व्यवस्थित गरिने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)