मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्वाचन प्रचार सामग्रीले कुरूप जनकपुर

annapurnapost.com · Sat Jun 04 00:55:00 GMT 2022

जनकपुरधाम : स्थानीय निर्वाचन सकिएको तीन साता बित्यो। मत परिणाम आएर जनप्रतिनिधि पनि चुनिए। कार्यपालिका गठन भयो। तर, जनकपुरधाममा निर्वाचनका समयमा टाँसिएका/टाँगिएका प्रचार सामग्री अझै छरपस्ट छन्। हटाइएका छैनन्।

निर्वाचनमा दल र उठाइएका उम्मेदवारको घोषणापत्रमा एउटा मुख्य नारा थियो– ‘जनकपुरधामको फोहोर व्यवस्थापन र सुन्दरता।’ तर, उनीहरूले नै गरेको फोहोर अझै छरपस्ट छ। न जितेका जनप्रतिनिधिले यसको व्यवस्थापन गरे, न त नारा लिएर उठेका उम्मेदवारले नै। अहिले यही निर्वाचन सामग्रीले जनकपुर कुरूप बनेको छ। धार्मिक सम्पदा, मठमन्दिर, पार्टी–पौवा र गुठीको सुन्दरता उडेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)