एपीएफलाई पन्छाउँदै संकटा जीतपुरसिमरा गोल्डकपको फाइनलमा
pahilopost.com · Thu Apr 22 17:39:18 GMT 2021
वीरगंज : सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पन्छाउँदै संकटा क्लब सिमरामा जारी ११ औँ जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। एपीएफमाथि ३-१ को सहज जित निकाल्दै संकटाले उपाधि भिडन्तका लागि क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनसँगको भेट पक्का गरेको हो।
क्यामरुन यसअघि नै आयोजक नव जनजागृती क्लब सिमरालाई हराउँदै फाइनल प्रवेश गरिसकेको छ। खेलमा फितलो प्रदर्शन गरेको एपीएफको पोष्टमा संकटाले लगातार तीन गोल गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)