एमालेका मनोनीत तीन केन्द्रीय सदस्यले लिए शपथ
baahrakhari.com · Wed Oct 28 08:09:14 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का मनोनीत केन्द्रीय सदस्यले शपथ लिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टी कार्यालयमा शपथ गराएका हुन् ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार, शपथ ग्रहण गर्न बाँकी रहेकाहरूलाई ओलीले शपथ खुवाएका हुन् । जसमा मोहम्मद इस्तियाक राई, डा.पुष्पा केसी र इन्दु कडरिया छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)