मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरियो राप्रपा

nayapatrikadaily.com · Sun Feb 26 00:30:00 GMT 2023

आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ । दुवै पूर्वसभामुख हुन् । पौडेललाई आठदलीय गठबन्धनको समर्थन छ भने नेम्वाङ एमालेका एकल उम्मेदवार छन् ।

निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो । उम्मेदवारी दिन नेम्वाङ पार्टी अध्यक्ष केपी ओली, केही पदाधिकारी, सांसद र कार्यकर्ताको दलबलसहित संसद् भवन पुगेका थिए । १२ः४५ मा उनको उम्मेदवारी दर्ता भएको छ । उनको प्रस्तावकमा अध्यक्ष ओलीसहित पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुवीर महासेठ र छविलाल विक तथा समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)