मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जलवायुजन्य विपद् न्यूनीकरण क्षेत्रीय सहकार्य र तथ्याङ्क आदानप्रदानमा मन्त्री श्रेष्ठको जोड

bishowkhabar.com · Wed Oct 28 08:14:20 GMT 2026

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण सिर्जना हुने जटिल विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

थाइल्यान्डको बैंककमा आयोजित एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनको उद्घाटनसत्रमा सम्बोधन गर्दै उनले जलवायु परिवर्तन तथा भू–विपद्को सामना गर्न प्रविधिको उपयोग र क्षेत्रीय सहकार्य आवश्यक रहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)