मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी गर्दै एमाले
himalpress.com · Wed Oct 28 08:18:50 GMT 2026

काठमाडौँ – नेकपा (एमाले)को आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ। राष्ट्रिय भेलाको तयारीका क्रममा आज पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यतामा दोस्रो बैठक सम्पन्न भएको छ।
बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र जनजीविकाका सवालमा पार्टी पङ्क्तिमा एउटै बुझाइ र लय विकास गर्नु राष्ट्रिय भेलाको मुख्य उद्देश्य रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)