मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्युजिल्यान्डका नेपालीलाई राहदानी नवीकरणमा सास्ती, सेवा लिन अस्ट्रेलिया धाउनुपर्ने बाध्यता

onlinekhabar.com · Wed Oct 28 08:32:23 GMT 2026

११ कात्तिक, सिड्नी । न्युजिल्यान्डमा बसोबास गर्ने नेपाली नागरिक, विशेषगरी विद्यार्थीहरू राहदानी नवीकरण र अन्य कन्सुलर सेवा लिन सास्ती भोग्न बाध्य भएका छन्। त्यहाँ नेपाली दूतावास नहुँदा र राहदानी छपाइमा देखिएको भनिएको प्राविधिक समस्या लम्बिँदा नेपालीहरू ठूलो आर्थिक भार र प्रशासनिक झन्झटमा परेका हुन्।

आधारभूत कन्सुलर सेवा लिन अस्ट्रेलिया वा नेपालसम्मै पुग्नुपर्ने अवस्था आएपछि न्युजिल्यान्डस्थित नेपाली समुदायका अगुवाहरूले नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्यान्डका अध्यक्ष डा. अच्युत अर्यालले राहदानी नवीकरणलगायत सेवामा भइरहेको कठिनाइबारे विद्यार्थीहरूबाट धेरै गुनासो आउने गरेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)