मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलले बढायो होटलहरुको आर्थिक कारोबार, खेल पर्यटन विस्तारको अवसर

kalakarmi.com · Wed Oct 28 08:39:42 GMT 2026

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ । यस वर्षको एनपीएलमा नेपाल क्रिकेट संघ ९क्यान० ले प्रायोजन तथा टिकट बिक्रि लगायत स्रोतबाट १ अर्ब ५० करोड रुपैयाँको कारोबार हुने अनुमान गरको छ । यतिमात्र नभइ आठ फ्रेन्चाइज टोलीका खेलाडी, प्रशिक्षक तथा अन्य सदस्यको बसोबासदेखि खेल हेर्न आउने दर्शकको आवागमनसम्मले होटल, रेस्टुराँ तथा यातायात व्यवसायमा समेत कारोबार बढाएको हो ।

होटल संघ नेपालका अध्यक्ष विनायक शाहका अनुसार एनपीएलका आठ वटै फ्रेन्चाइज टोली काठमाडौंका विभिन्न पाँचतारे होटलमा बसेका छन् । यसले होटलको व्यापार बढाउनुका साथै नेपालमा खेल पर्यटन विस्तारको सम्भावना पनि देखाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)