भूत छैन भन्ने देखाउन मसानघाटमै सुतेपछि.....
barnanmedia.com · Wed Oct 28 08:28:23 GMT 2026

घटना केहिसमय पहिलेको बताइएको छ । भारतको आन्ध्रप्रदेशस्थिग पोकाकल्लुका एकजना सांसदले गाउँलेमा रहेको भूतको डर हटाउन मसानघाटमा सुतेर देखाएका छन । निम्मला रामा नायडू नाम गरेका उनी मसानघाटमा कुनै एक वा दुई घण्टा नभएर तीन रातसम्म त्यहाँ सुतेका छन् । आफुलाई भोट दिएर जिताउने जनता अझै भूत हुन्छ भन्ने अन्धविश्वासमा रहेकाले उक्त भ्रम हटाउन स्वयम् मसानघाटमा सुतेका हुन ।
उनको साथमा अन्य कुनै सहयोगी थिए वा थिएनन् कुनै नखुलाईएपनि उनले मसानघाटमै फलामको खाट तथा झुलसहितको ओछ्यान लगाएर तीन रात विताएको भारतीय सञ्चार माध्ययमले लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)