मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चाकु बेचेर घरघडेरी जोडेका कृष्णलाल (भिडियो)

shilapatra.com · Thu Jan 12 00:37:30 GMT 2023

टोखामा कुनै समय उखुखेती हुन्थ्यो । उखुका निम्ति यो ठाउँ निकै प्रख्यात मानिन्थ्यो । स्थानीय शुद्ध श्रेष्ठका अनुसार यहाँ उखु उत्पादन धेरै हुने हुँदा उखुलाई पेलेर झोल निकाल्दै चाकु बनाउने गरिन्थ्यो । चाकु बनाउनु टोखाका स्थानीयहरूको परम्परा मात्र नभएर पुर्ख्यौली पेसासमेत हो, जुन पेसाले आजसम्म निरन्तरता पाएको छ ।

भाषाशास्त्रीहरूका अनुसार उखुखेती हुने क्षेत्र वा ठाउँको अर्थ बुझाउने नेपाल भाषाको ‘तुख्यः’ बाटै अपभ्रंश हुँदै टोखा नाम भएको हो । ‘तु’ भन्नाले नेपाल भाषामा ‘उखु’ र ‘ख्यः’ भन्नाले खुला ठाउँ वा क्षेत्र भन्ने बुझिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)