कोरोनाको बेला, रुकुमका पत्रकार काँग्रेसको फेला
janaaastha.com · Sat Apr 17 16:22:07 GMT 2021
गत वर्ष कोरोनाले सबैजना घरभित्रै थुनिएको बेला यसको नियन्त्रण, रोकथाम र सचेतीकरणका लागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँगै सञ्चारकर्मी पनि अग्रपंक्तिमा खटेको यथार्थ हामीसामु छर्लंग छ । यही मेसोमा कांग्रेस रुकुमले एउटा गज्जवको कुरा ल्याएको थियो –‘जिल्लामा क्रियाशील सबै पत्रकारको कोरोना बिमा गरिदिने ।’ तर, यो आश्वासन वर्षदिनपछि गफैमा सीमित भएको र पत्रकारबीच बाँडिएको झुटा आश्वासनका रूपमा प्रष्ट भएको छ ।
मत पाउनलाई नेताले जनतालाई अनेक आश्वासन दिएर चुनावपछि बेवास्ता गरेका कैयौं गुनासो जस्तै कोरोना सन्त्रासका बेला पनि रुकुमका पत्रकारले चुनावकै शैलीमा नेपाली कांग्रेस रुकुमबाट फोस्रा आश्वासन पाएको बताइएका छन् । अहिले जिल्लाका पत्रकारको कोरोना बिमा भएको सूचना न पत्रकार महासंघमा, न प्रेस संघ संगठनमा न त बिमा गरिदिएको बताउने नेपाली कांग्रेससँग नै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)