रास्वपा सांसद सुनारको निरन्तर दबाबपछि आईजीपी हटाउने तयारीमा बालेन सचिवालय
bishowkhabar.com · Wed Oct 28 08:49:14 GMT 2026

काठमाडौं नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग सरकारले राजीनामा माग गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले संदिग्ध गतिविधिमा पक्राउ परेका इनम सापकोटासँग नाम जोडेर कार्कीमाथि राजीनामा दिन दबाब बढाएको हो। सरकारको दबाबपछि आईजीपी कार्की भने कानुनी परामर्शमा जुटेका छन्।आइजीपीसंग मनमुटाव भएपछि रास्वाप सांसद खगेन्द्र सुनार ले उनलाई हटाउन प्रधानमन्त्री बालेनको सचिवालयमा निरन्तर दबाब दिदै आइरहेको छन्। सुनारको दबाबमा उनको राजीनामा मागेको स्रोतले बतायो
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार आइतबार नै कार्कीलाई राजीनामा दिन आग्रह गरिएको थियो। सचिवालयका एक जिम्मेवार सदस्यले ‘राजीनामा नदिए पदबाट हटाउनुपर्ने हुनसक्छ’ भन्दै चेतावनी दिएपछि कार्कीले आफूनिकट कानुन व्यवसायीहरूसँग छलफल सुरु गरेका हुन्। छलफलका क्रममा कानुन व्यवसायीहरूले सरकारले हटाउनुपूर्व नै अदालत जानु फितलो हुने भन्दै सरकारले कारबाही गरेपछि मात्र कानुनी उपचार खोज्न सुझाव दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)