भारतमा चक्रवात अर्नबको वितण्डा, आन्ध्र प्रदेशमा तीन जनाको मृत्यु
kendrabindu.com · Wed Oct 28 09:23:10 GMT 2026

काठमाडौं । भारतको पूर्वी तटीय क्षेत्रमा चक्रवात अर्नबले ठूलो क्षति पुर्याएको छ। चक्रवातका कारण आन्ध्र प्रदेशमा तीन जनाको मृत्यु भएको छ भने ३१ घरमा क्षति पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यसको प्रभाव ओडिशा र झारखण्डमा समेत परेको छ।
बुधबार बिहान चक्रवात अर्नब आन्ध्र प्रदेशको काकीनाडा र पुडुचेरीको यानम क्षेत्रबीचको तटीय भूभागमा प्रवेश गरेको थियो। चक्रवातका कारण तटीय क्षेत्रमा जनजीवन प्रभावित हुनुका साथै सयौँ रूख तथा विद्युत्का पोल ढलेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)