सुकुम्बासी बस्तीमा प्रहरीद्वारा माजिदहरूलाई चोट, माइतीघरमा प्रदर्शनकारीद्वारा प्रहरीलाई फूलको बोट
shilapatra.com · Sun Jul 12 15:25:00 GMT 2026

कीर्तिपुरको होल्डिङ सेन्टरमा प्रहरीले माजिद अन्सारीलगायतका जेन–जी अभियन्ताहरूमाथि लछारपछार गर्दै पक्राउ गरेको भन्दै आइतबार माइतीघरमा जेन–जी युवाहरूले विरोध जनाएका छन् । कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढीबाट प्रभावित सुकुम्बासीको अवस्था बुझ्न शनिबार दिउँसो होल्डिङ सेन्टरमा पुगेका अन्सारीसहित नहेन्द्र खड्का र सरिस्मा थापालाई पक्राउ गरेको थियो ।
रियाप बानियाँका अनुसार हिजो कीर्तिपुरको होल्डिङ सेन्टरमा जेन–जी युवाहरू सुकुम्बासीहरूलाई राखिएको ठाउँमा डुबानको खबर सुनेपछि अवलोकन गर्न गएका थिए । ‘तर हामीले त्यहाँ अनौठो पात्र भेट्यौँ । ओजस्वी थापा भन्ने अनौठो पात्र, जसले प्रहरीलाई निर्देश दिँदै थिइन् । 'तिमी तिमी' भन्दै थिइन् । प्रहरीले पनि उनीहरूकै कुरा मान्दै थियो’, उनी थप्छन् ‘ओजस्वीको कुराचाहिँ सुन्ने तर हामीलाई भित्र छिर्न किन नदिने ? भनेर हामीले प्रश्न मात्र गरिरहेका थियौँ । हामीले प्रहरीमाथि हातपात गरेका थिएनौँ । हामीले त विरोध मात्रै गरेका थियौँ । पछि खोइ कसको आदेश आयो । त्यसपछि हामीमाथि हातपात हुन थाल्यो ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)