१७८ दिनदेखि पशुपति क्षेत्र विकास कोषको गेटअगाडि तिलगंगावासीको धर्ना
emountaintv.com · Wed Oct 28 09:32:54 GMT 2026

काठमाडौं ।
तिलगंगा क्षेत्र (ब्लक बी–१३) का स्थानीयले १७८ दिनदेखि पशुपति क्षेत्र विकास कोषको गेटअगाडि धर्ना दिईरहेका छन् ।पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनका क्रममा आफूहरुलाई अन्याय भएको भन्दै उनीहरुले कोष अगाडी धर्ना दिएका हुन् । सरकारले आफुहरुलाई सुकुम्बासीको व्यवहार गरेर रातरात घरटहरा भत्काएर अन्याय गरेको उनीहरुको आरोप छ । गत वैशाख १८ र १९ गते सरकारले वागमती नदी किनारका सुकुम्बासी बस्ती हटाउने क्रममा तिलगंगा क्षेत्रका बस्तीका घरटहरा पनि भत्काएको थियो । सो पश्चात स्थानीयले गौशालास्थित पशुपति क्षेत्र विकास कोषको मुख्य गेटअगाडि धर्नामा दिँदै आएका छन् । आफूहरू सुकुम्बासी नभई लालपुर्जा, भवन निर्माण सम्पन्न प्रमाणपत्र तथा कर तिरेका कागजातसहित बसोबास गरिरहेका नागरिक भएको उनीहरूको दाबी छ । स्थानीय सुदर्शन गौतमले सरकारले आफूहरूलाई अन्याय गरेको आरोप लगाउनुभयो । विस्थापित परिवारलाई पुनर्वास गराउनुपर्ने वा आफूहरुको जग्गा फिर्ता गर्नुपर्ने उहाँको भनाई छ ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)