मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रीमती हत्या आरोपी ‘नेपाली ब्रो’लाई पाँच दिन थुना अनुमति

baahrakhari.com · Wed Jun 10 11:22:12 GMT 2026

काठमाडौं । सैनिक कर्मचारीसमेत रहेकी श्रीमती ईश्वरी भुजेलको हत्या आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापामाथि अनुसन्धान गर्न काठमडौं जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेको छ ।

भुजेलको हत्या आरोपमा थापा गत जेठ २३ गते पक्राउ परेका थिए । जेठ २२ गते राति तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा भुजेलमाथि रड प्रहार गरेर हत्या गरेको आरोप थापामाथि लागेको छ ।

थापालाई बुधबार काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि हाजिर गराइएको थियो । अदालतका सूचना अधिकारी शिव खतिवडाले अनुसन्धानका लागि पाँच दिन म्याद थप भएको जानकारी बाह्रखरीलाई दिए । न्यायाधीश पिताम्बर शर्माको इजलासबाट म्याद थपका लागि अनुमति प्रदान गरिएको हो ।

#श्रीमती हत्या

#नेपाली ब्रो

#थुना अनुमति

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय