मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माओवादीमा छँदा बन्द गराए, अहिले त्यहीँ विज्ञान शिक्षक

ekantipur.com · Fri Feb 16 00:53:08 GMT 2024

दोलखा — अल्पसंख्यक थामी समुदायको बाक्लो बस्ती रहेको तत्कालीन लापिलाङ गाविस २०५८ सालमा माओवादीको आधार क्षेत्र थियो । स्थानीय विद्यालयमा पढाइभन्दा बढी माओवादीका कार्यक्रम हुन थाले ।

अन्याय, असमानता, विभेद, शोषण, दमन, उत्पीडन अन्त्यका लागि भन्दै विद्यालयमा प्रशिक्षण दिइन्थ्यो । आठ कक्षामा पढिरहेका १३ वर्षका डम्बर थामी माओवादीका परिवर्तनका भाषणले प्रभावित भए, क्रान्तिका पुस्तक पढ्न थाले । युद्धले ल्याएका परिवर्तनका थुप्रै उदाहरण सुन्दै गए । ‘बुर्जुवा शिक्षा’ को सट्टा ‘जनवादी शिक्षा’ लागू गर्नुपर्छ भन्ने कुराले उनको दिमागमा गहिरो प्रभाव पार्‍यो । २०५८ भदौको एक दिन डम्बर माओवादी आन्दोलनमा पूर्णकालीन कार्यकर्ता भई लागे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)