मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चौधौं बाल नाटक महोत्सव शुरु, २९ वटा नाटक मञ्चन हुने

lokaantar.com · Tue Feb 14 00:42:06 GMT 2023

१४ औँ राष्ट्रिय बाल नाटक महोत्सवको उद्धाटन भएको छ । शैली थिएटर, रुसी सदनको आयोजनामा संस्थागत विद्यालय संघ नेपाल (इसान) को सहकार्यमा महोत्सव हुन लागेको हो ।

प्रतिनिधि सभाको सांसद सोविता गौतमले,’नाट्य जगतलाई जोगाइराख्न शैली थिएटरले गरेको प्रयासलाई आत्मसात गर्न आवश्यक रहेको बताइन् । त्यस्तै, १४औँ राष्ट्रिय बाल नाटक महोत्सवका डाइरेक्टर नवराज बुढाथोकीले शैली थिएटरको इतिहासभन्दा पनि कामको कुरा गर्न आवश्यक रहेको बताए । उनले बालबालिकाको क्षेत्र हेपिएको र पिछडिएको भएकाले अहिलेका बालबालिकालाई फरक बाल मनोविज्ञानमा हुर्काउन आवश्यक रहेको बताए । विगत १३ वर्षदेखि शैली थिएटरले आयोजना गर्दै आइरहेको नाटकको १२ र १३ औँ महोत्सव भर्चुअल रूपमा सम्पन्न गरिएको उनले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)