इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले लिभरपुललाई हरायो : टोटेनह्याम र साउथह्याम्पटनको बराबरी
Ujyaaloonline.com · Wed Dec 29 01:09:15 GMT 2021
काठमाण्डाै – इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले लिभरपुललाई हराएको छ । आज बिहान भएको खेलमा लिभरपुल लेस्टरसँग १–० गोलले पराजित भएको हो । लेस्टरका एडेमोला लुकम्यानले खेलको ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
अंकतालिकामा लेस्टर १८ खेलमा २५ अंकका साथ नवौँ स्थानमा छ । लिभरपुलको १९ खेलमा ४१ अंक छ । लिभरपुल अंकतालिकामा दोस्रो स्थानमा छ । समान खेलमा ४७ अंकका साथ म्यानचेस्टर सिटी शीर्षस्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)