दिनभर लाइनमा बस्छन् किसान, प्रसाद जस्तै बाँडिन्छ मल
onlinekhabar.com · Fri Dec 30 16:35:00 GMT 2022
१५ पुस, काठमाडौं । काभ्रेको पनौती नगरपालिका वडा नम्बर २ की पबित्रा बजगाईं शुक्रबार बिहान साढे ६ बजे नै गाउँकै पातीखोरिया कृषि सहकारीको ढोकामा पुगिन् ।उनी सहकारी पुग्दा गाउँ कुहिरोले ढाकेकै थियो । तर उनीभन्दा अगाडि नै गाउँका अरु मानिस केहीले हातमा बोरा त कसैले हातमा थैलो बोकेर सहकारीको ढोका रुँघिरहेका थिए ।
बिस्तारै गाउँका मानिसहरु सहकारीमा जम्मा हुने । ठूलै भीड जम्मा भएपछि मिलेर लाइन बस्ने कुरा भयो । पबित्रा र भेला भएकाहरु लाइनमा लागे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)