मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वेल्सको ठूलो उपलब्धि

ekantipur.com · Tue Jun 07 01:06:10 GMT 2022

कार्डिफ — वेल्सले अन्तिम पटक विश्वकप खेलेको पनि ६२ वर्ष भइसकेको छ । तर कतारमा हुने अबको प्रतियोगिताका लागि छनोट भइसकेयता निमित्त व्यवस्थापक रब पेज समूह चरणमा आफ्नो टिमको पर्याप्त सम्भावना देख्छन् । वेल्सले प्लेअफ फाइनलमा युक्रेनलाई १–० ले हराएर विश्वकप अन्तिम चरणलाई छनोट भएको थियो । अब समूह ‘बी’ को खेलमा वेल्सले छिमेकी इंग्ल्यान्डसँगै अमेरिका र इरानको सामना गर्नेछ ।

पेजले भनेका छन्, ‘हामीले यसअघि अमेरिकासँग खेलिसकेका छौं र यो बलियो टिम छ । अमेरिकाका धेरै खेलाडी युरोपमा खेल्छन् । मलाई लाग्छ, इरानविरुद्धको खेल हामी जित्न सक्छौं । कतारमा हामी आत्मविश्वासले खेल्नेछौं । हामी सबै प्रतिद्वन्द्वी टिमविरुद्ध समान हैसियतले खेल्छौं । अहिले हाम्रो टिमको आत्मविश्वास पनि त्यहीअनुसार बढेको छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)