वल्भ्ससँग बराबरीमा रोकियो चेल्सी
nepalipatra.com · Sun May 08 05:58:16 GMT 2022
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा चेल्सीले वल्भ्ससँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा खेलको ५६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रोमेलु लुकाकुले चेल्सीलाई सुरुवाती अग्रता दिलाए । त्यसको दुई मिनेट पछाडि अर्थात् ५८ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)