नेपालगञ्ज उपमहानगर ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा
deshsanchar.com · Thu Jun 15 15:20:57 GMT 2023
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई खोप लगाइएपछि आज पालिका स्तरीय खोप समन्वय समिति नेपालगञ्जले आयोजना गरेको एक कार्यक्रमका बीच नेपालगञ्जलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो।
नेपालगञ्ज उपमहानगरपालिकाभित्रका नियमित खोप लगाउन छुटेका ६९२ र कुनै पनि खोप नलगाएका १७७ गरी ८६९ बालबालिकालाई खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)