मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पक्राउ परेका चौधरी र थापा ग्रान्डी अस्पताल भर्ना

rajdhanidaily.com · Fri Feb 02 23:24:18 GMT 2024

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको कसुरमा पक्राउ परेका तीनमध्ये ६० वर्षीय अरुणकुमार चौधरी र ८० वर्षीय अजितनारायण सिंह थापा ग्रान्डी अस्पतालमा भर्ना भएका छन् । उनीहरूसहित ४५ वर्षीय सञ्जय ठाकुरलाई प्रहरीले किर्ते तथा ठगी कसुरमा अनुसन्धान अघि बढाउन बिहीबार पक्राउ गरेको थियो । पक्राउ पर्नेमा चौधरी च्याम्पियन फुटवेयरका सेयरधनी तथा सञ्चालक हुन् । उनीमाथि बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको मुख्य अभियोग लागेको छ । थापा भने तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी अध्यक्ष हुन् ।

च्याम्पियन फुटवेयरले ८ लाख लगानी गरी हडप्यो १० रोपनी

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)