मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अब उप्रान्त संसद्मा प्रधानमन्त्रीलाई खोजिँदैन: भीष्मराज आङदेम्बे

barnanmedia.com · Wed Jun 10 11:23:18 GMT 2026

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसद्मा आफूले अव आइन्दा प्रधानमन्त्री बालेन्द्र साहलाई नखोज्ने बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री भन्दा पनि ठूलो मुलुकको समस्या भएकाले अव प्रधानमन्त्रीलाई खोजेर संसदलाई अवरोध गरेर बस्ने पक्षमा आफू नरहेको प्रस्ट्याएका हुन् ।

नेता आङ्देम्बेले प्रधानमन्त्री साहलाई संसद् नचाहिए पनि देशलाई चाहिएको उल्लेख गर्दै संसदको अमूल्य समय प्रधानमन्त्रीलाई खोजेर खेर फाल्ने पक्षमा आफू नरहेको बताए । उनले प्रधानमन्त्री साह फेरि छापामारा शैलीमा संसद्मा आउने हो कि भन्ने डर पनि आफूलाई लागेको बताए ।

उनले भने ‘अब म यही विषयमा यो संसद् रुमलिएर बस्नु हुन्न भन्ने परिपक्व र जिम्मेवार दायित्वतर्फ सबैको वडा नम्रतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु । यो वर्षको बजेट उपरको छलफल बाँकी छ सभामुख महोदय । नेपाली जनताका अन्य कयौँ जीवन्त मुद्दामा छलफल गर्नु छ हामीले । प्रधानमन्त्रीजीलाई संसद् नचाहिएला । तर प्रतिपक्षलाई संसद् चाहिएको छ । फेरी कुनै दिन छापामार शैलीमा प्रधानमन्त्रीजी आउनु होला । फेरि त्यस्तो नहोस् मेरो मुलुकले प्रधानमन्त्रीले । तर डर लाग्छ, फेरी पनि उद्दण्डता मच्चाई दिनु होला । यसमा डर लागि राखेको छ । तर उप्रान्त म उहाँलाई खोज्न चाहन्न । किनभन्दा मेरो मुलुकको समस्या, प्रश्नहरू उहाँको उपस्थिति भन्दा पनि ठूलो छ । उहाँ भन्दा पनि संवेदनशील छ । त्यसकारण म उप्रान्त अव खोज्न चाहन्न । तर प्रधानमन्त्रीले बोलेकै कुरामा गरिमामय संसद्मा अमूल्य समय खेर फाल्नु हुन्न भन्ने जिम्मेवारी बोधबाट पन्छिन चाहन्न ।’

नेता आङदेम्बेले प्रधानमन्त्री साहले फेरि पनि संसद्मा आएर उद्दण्डता मच्चाउनु होला भन्ने संशय पनि आफूमा रहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)