जलवायु विपद् पूर्वतयारीका लागि नेपालका तीन प्रस्ताव, क्षेत्रीय अन्तरिक्ष सहकार्यमा जोड
aarthiknews.com

काठमाडौं । जलवायु परिवर्तनबाट उत्पन्न हुने विपद्को जोखिम न्यूनीकरण तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन नेपालले एसिया–प्रशान्त क्षेत्रमा अन्तरिक्ष प्रविधिमा आधारित क्षेत्रीय सहकार्यका लागि तीनवटा प्रस्ताव अघि सारेको छ ।
थाइल्याण्डको राजधानी बैंककमा संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (यूएन इस्क्याप) द्वारा आयोजित ‘एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलन’मा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको तर्फबाट उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)